दुई सिडिओको सरुवा- काभ्रेमा रूद्रादेवी शर्मा, धनकुटामा पुण्यविक्रम पौडेल


काठमाडौं – सरकारले दुई सिडिओको सरुवा गरेको छ । गृह मन्त्रालयले धनकुटा र काभ्रेका सिडिओ र गृहका एक सहसचिवको सरुवा गरेको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय सरुवा गरिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ

प्रतिक्रिया