

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थाई घर भई काठमाडौंको तार्केश्वर नगरपालिका १० मा बस्ने ३८ वर्षीय सन्तोष घले रहेका छन् ।
उनललाई पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

