कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत


काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । उनले आज प्रदेशसभामा मुख्यमन्त्री थापाले राखेको विस्वासको प्रस्तावमा मत प्राप्त गरेका हुन् ।

उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ।

कोशी प्रदेशमा सभामुखको राजीनामा गरेर मन्त्री बनेपछि सभामुख विहिन रहेको अवस्थामा सभा सञ्चनलन को जिम्माउपसभामुखले पाएको थियो । तर उपसभामुख सृजना दनुवार आजै स्वास्थ्यमा अचनाक समस्या आएको भन्दै बिदामा बसेपछि नेपाली कांग्रेसका सांसद ईस्राईल मन्सुरीले सभा सञ्चानल गरेका थिए ।

सभाअध्यक्षको भुमिकामा रहेका मन्सुरीले सभाको सञ्चालन सँगै मुख्यमन्त्री थापालाई विश्वासको मत पनि दिएका छन् ।

प्रतिक्रिया