

गभर्नर अधिकारीको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं – सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई बिहीबार हुन सकेन। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट निलम्बन गरेपछि अधिकारी रिट लिएर सर्वोच्च पुगेका थिए।
उनलाई तत्कालीन मन्त्री शर्माले त्यतिबेला विलासी वस्तुको आयात रोक्नेलगायतका नीतिगत निर्णय गर्नुअघि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको आरोपमा पदमुक्त गर्ने प्रक्रिया अनुरूप छानबिन समिति गठन गरेका थिए।
त्यसपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको अन्तरिम आदेशपछि पदमा फर्किएका थिए। सोही मुद्दाको अन्तिम किनारा लागिसकेको छैन।
बिहीबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याउनेमा परेको हो।

