मुस्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा


काठमाडौँ- चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया