लेखा समितिको बैठक स्थगित


काठमाडौँ – गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफल गर्न शुक्रबारका लागि बोलाइएको बैठक कोरम नपुग्दा बस्न नसकेको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएको जनाइएको छ ।

समितिका अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।

प्रतिक्रिया