

सभामुखबाट राजीनामा दिन्नँ : कोशी सभामुख

काठमाडौं – कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सभामुखबाट राजीनामा नदिने बताएका छन्। उनीलगायतको हस्ताक्षरबाट गठन भएको कोशी प्रदेश सरकार बिहीबार विघटन भएपछि उनले राजीनामा नदिने प्रतिक्रिया दिएका हुन्।
‘म पदबाट राजीनामा दिन्नँ। किनकि, विपक्षीले राजीनामा मागेका छैनन्। सर्वोच्चले पनि राजीनामा दिनु भनेको छैन’, बिहीबार सर्वोच्चको फैसला सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुअघि सभामुखबाट राजीनामा दिने र दलीय सांसदको रुपमा सघाउने चर्चालाई पनि उनले खारेज गरे।
‘बहुमत जुटाउनका लागि सभामुखबाट राजीनामा दिएर दलीय सांसदको रुपमा सघाउने सम्भावना पनि छैन’, उनले भने, ‘त्यो गर्दा पनि दीगो हुँदैन। त्यसले पनि अस्थिरता र विकृति निम्याउँछ।’
उनले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताए।

