

प्रेस युनियन डोटी अध्यक्षमा कुँवर

डोटी – नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन् ।
आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन् ।
यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन् ।
अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।

