खुलामञ्च खुला गर्न अतिक्रमण गरि बनाइएका टहरामाथि एका बिहानै देखि चल्यो डोजर


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खुल्लामञ्च अतिक्रमण गरि बनाइएका टहराहरु हटाएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । महानगरपालिकाले आज बिहानै डोजर लगाएर टहराहरु भत्काउन सुरु गरेको हो । विभिन्न सामाजिक अभियन्ताहरुले यसअघि खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।

काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौँ माहानगरपालीकाका मेयर बिद्या शुन्दर शाक्य को निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए । उनले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए । ‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौँ ।

अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रमक रुपमा अघि बढेको जानकारी दिए ।

प्रतिक्रिया