संसद पुनर्स्थापनासँगै बैठक मिति तोकेर फैसला दिन संवैधानिक इजलाशमा शम्भु थापाको माग


काठमाडौं– संवैधानिक इजलाशमा कानुन व्यावसायी शम्भु थापाले संसद पुनर्स्थापनासँगै बैठक मिति समेत तोकेर फैसला दिन माग गरेका छन्। सोमबार प्रतिरक्षा बहसका क्रममा थापाले यस्तो माग राखेका हुन्।

संसद पुनर्स्थापनाको फैसला दिँदा यति दिनभित्र बैठक बस्नु भनेर पनि तोकिए सभामुसखले बैठक राख्ने र प्रधानमन्त्री पनि उपस्थित हुने थापाको दलिल थियो।

प्रधानमन्त्रीले संसद पुनर्स्थापना  भए पनि बैठक नडाके के हुन्छ भन्ने विषयमा थापाको यस्तो माग आएको थियो।

संविधानको धारा ७४ मा उल्लेखित संसदीय शासन प्रणाली भनको सरकारको स्वरुप मात्रै रहेकोले त्यसबाट विशेष अधिकार प्राप्त नहुने भन्दै संसारमा यस्ता उदाहरण नै नरहेको थापाको दाबी थियो।

प्रतिक्रिया