अदालतका कर्मचारीलाई हातपात गर्ने अधिवक्ता लामिछाने पक्राउ


काठमाडौं – अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत ललितपुरमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

लामिछानेले हिजो बुधबार दिउँसो कार्यालयमै आफुमाथि गाली गलौज तथा हातपात गरेको भन्दै तामाङले प्रहरीमा उजुरी दिएका थिए । तामाङले अधिवक्ता लामिछानेमाथि अभद्र व्यवहारको कसुरमा कारबाही हुनुपर्ने माग गरेका छन् । लामिछानेको आक्रमणबाट आफ्नो सर्ट च्यातिएको र ओठमा समेत घाउ भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया