उदाहरणीय उपमेयरः आफ्ना लागि गाडी खरिद गर्ने पैसाले एम्बुलेन्स किनिन्


उदयपुर– उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले उदाहरणीय काम गरेकी छन्। उनले आफ्नो गाडी खरिद गर्न छुट्याइएको पैसाले एम्बुलेन्स खरिद गरेकी छन्।

उनका लागि गाडी किन्न नगरसभाले ४० लाख रकम बिनियोजन गरेको थियो। उनले त्यस मभ्यको १० लाख खर्च गरी एम्बुलेन्स किनेकी हुन्।

खरिद गरिएको एम्बुलेन्स नगरपालिकामा आइपुगेको छ। एम्बुलेन्समा आवश्यक सिट बेड थप, कार्यविधि बनाएर, एम्बुलेन्स नम्बर लिएर र बिमा गरिसकिएको छ। नम्बर प्लेट राख्ने प्रक्रिया भइरहेको छ।

उनले बाँकी रकमको पनि गाडी नकिन्ने बरु दुर्गम क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्य परिक्षणमा खर्च गर्ने निर्णय गरेकी छन्।

कटारी वडा नम्बर ११ को बेतिनी गाउँमा बनिरहेको भवनमा यसरी परिक्षण गराइने भएको हो।

प्रतिक्रिया