पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा लाग्छु : गगन थापा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा होमिने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा उनले यस्तो घोषण गरेका हुन् । महामन्त्री थापाले पार्टी सुधारको काम गर्दा पद गए आफू साधारण सदस्य भएर बस्न तयार रहेको बताए ।

“म काँग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भने, “म काँग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।”

उनले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताए । काँग्रेसमा लागेको रोग निको पारे नयाँरपुरानाले असर नगर्ने उनको भनाई छ ।

महामन्त्री थापाले पार्टीभित्रको रोगविरुद्ध लड्न सबै एक जुट हुन आह्वान गरेका छन् । पार्टी सुधार गरे काँग्रेसप्रतिको भरोसा नटुट्ने र नयाँरपुराना दलले असर पनि नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया