शपथ लिँदै रास्वपा सांसद कंसाकार


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले शपथ लिने भएकी छन्।

सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे शपथ गराउँदै छन्।

समानुपातिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।

प्रतिक्रिया