नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप हुँदैन : प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताएका हुन् । उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्रीले संसद् बैठकमा सो प्रकरणको सम्बन्धमा कुरा उठ्नुले सरकारको मनोबल बढेको उल्लेख गरे ।

उनले भने, ‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन । निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन ।’

प्रतिक्रिया