

यस दिन आउने भयो संसद विघटनबारे सर्वोच्चको फैसला

काठमाडौं– प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलाशले फैसला सुनाउने समयलाई नजिक तान्ने भएको छ।
करिब ३ सय जना कानुन व्यावसायीले पक्ष र विपक्षमा बहस गर्दा लामो समय लाग्ने भए पनि सर्वोच्च अदालतले यसबारेको फैसला फागुनको पहिलो साता सुनाउने भएको हो।
सोही तयारीअनुसार विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका तर्फबाट बहस गरिरहेका कानुन व्यावसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ३० माघसम्म सिध्याउन भनेका छन्।
आइतबारको बहसका क्रममा सरकारका तर्फबाट बहस गरिरहेका कानुन व्यावसायी रमेश बडाललाई प्रधानन्यायाधीश राणाले यसो भनेका हुन्। उनले सरकारका तर्फबाट बहस गर्ने सबैले सिध्याउनुपर्ने बताएका थिए।
विघटनविरुद्ध बहस गरेका कानुन व्यावसायीको बहस सक्किसकेको छ। ३० माघमा सरकार पक्षले बहस सिध्याए संवैधानिक इजलाशमा रहेका न्यायाधीशको मत लिँदै त्यसको एक सातामा फैसला सुनाउने सर्वोच्चले तयारी गरेको बताइन्छ।

