

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

दाङ – ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको हो ।
दंगिशरण गाउँपालिका–३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नम्बर ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकल शर्माका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण–३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन्। उनको पनि कोहलपुरमा उपचार भइरहेको छ।
तीब्र गतिका कारण उक्त दुर्घटना भएको हुन सक्ने शर्माले बताए।

