

आजै शितलनिवास सर्दै राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतलनिवास सर्ने भएका छन् ।
पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

