

चितवनमा पनि सडकमा निस्कियो सेनाको बख्तरबन्द

चितवन – चितवनमा पनि नेपाली सेनाले नियमित अभ्यासका लागि बख्तरबन्द सडकमा निकालेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले देशभर घोषणा गरेको आमहड्ताल जारी रहदाँ चितवनमा नेपाली सेनाको बख्तरबन्दले नगरपरिक्रमा गरेको हो ।
भरतपुर ब्याकेरदेखि सुरु सेनाको बख्तरबन्द गाडीले साईरन बजाउँदै सडकमा बजार परिक्रमा गरेको छ ।
सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ । नेकपा अध्यक्ष प्रचण्डको गृह जिल्लामा अचानक सडक आन्दोलन र बन्द रहेको बेला बख्तरबन्द गाडी बाहिर निस्किनुमा स्थानीयहरुले शंका व्यक्त गेका छन् ।

