‘नेपाल बन्द’ गराउन छोरी गंगासहित प्रचण्ड पनि सडकमा


काठमाडौं – नेकपा प्रचण्ड माधव समूहले आज घोषणा गरेको आम हड्ताल अर्थात् ‘नेपाल बन्द’ का बेला पुष्पकमल दाहाल (प्रचण्ड) सडकमा आएका छन् । उनी छोरी गंगा दाहालसहित ललितपुरस्थित सातदोबाटो चोकमा हड्तालका लागि निस्किएका हुन् ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने ।

कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलगायत हितमान शाक्य र उपत्यकाका विभिन्न स्थानबाट ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया