जनवरीमा नेपाल भित्रिए ८८७४ विदेशी, कुन देशका कति आए?


काठमाडौं – २०२१ को जनवरी महिनामा १२१ देशका नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी महिनाभर १२१ देशबाट ८ हजार ८ सय ७४ विदेशी नागरिक नेपाल भित्रिएका हुन् ।

जुन लकडाउनपछिकै सबैभन्दा धेरै संख्या हो । गत वर्षको जनवरीमा ६५ हजार ९८३ जना विदेशी नेपाल भित्रिएका थिए । मार्चको अन्तिममा नेपाल सरकारले लकडाउन गरेपछि अप्रिलमा १३ विदेशी मात्रै भित्रिएका थिए।

मे महिनामा ३०, जुनमा १००, जुलाईमा १९५, अगस्टमा २६५, सेप्टेम्बरमा ५८२ जना जना विदेशी नेपाल भित्रिएका थिए। सरकारले अक्टोबरबाट पदयात्रा र हिमाल आरोहण खुल्ला गरेसँगै विदेशीको संख्या अक्टोबरमा १८ सय ७४ जना नेपाल भित्रिएका थिए।

२०२१ को जनवरी महिनामा करिब ९ हजारमध्ये सबैभन्दा बढी भारतबाट ४ हजार भित्रिँदा जनवरी महिनामा चीनबाट १८ सय ७७ जना भित्रिएका छन्।

अमेरिकाबाट ८ सय ७४ जना नेपाल भित्रिएका छन्। त्यसैगरी फ्रन्सका १ सय ७ जना, दक्षिण कोरियाका १०४, टर्की ११३, बेलायतबाट १३६ जना भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

त्यसबाहेकका अन्य देशका सय जनाभन्दा पनि कम रहेका छन्। एक महिनामा नेपाल छाड्ने विदेशी भने ७ हजार २ सय ९२ जना रहेका छन्। जनवरीमा ४७ हजार २६७ नेपाली भित्रिँदा ३९ हजार ९ सय ४६ जना बाहिरिएको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया