
जुम्लामा ज्ञानेन्द्र शाही ७ हजार बढी मतान्तरले अगाडी
जुम्ला – जुम्लामा जारी मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम राख्दै आएका छन्।
२७ हजार ३३८ मत गणना गर्दा उनले १४ हजार १२१ मत प्राप्त गरेका छन्।
यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ७ हजार ८६ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ३ हजार ५८२ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ७०५ मत प्राप्त गरेका छन्।



कागजपत्र |
