सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन गर्ने दुई दर्जन बढी मानवअधिकारकर्मी पक्राउ


काठमाडौं – बालुवाटार घेराउ गर्न प्रधानमन्त्री निवास पुगेका मानव अधिकार र नागरिक समाजमाथि प्रहरीले धरपकड गरेको छ । संसद विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित दुई दर्जन बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको, अदालतलाई प्रभाव पार्न खोजिएको, राज्य संयन्त्रको दुरुपयोग गरेको र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया