श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ


गुल्मी – कुटपिट गरी आफ्नै श्रीमती को हत्या गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका- ७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया