ताप्लेजुङमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु


काठमाडौं – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङमा अरिङ्गालले टोकेर एक युवकको ज्यान गएको छ ।

गए राति अरिङ्गाल झार्न भनेर गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरिङ्गाल बडरको रुखमा रहेछ । उनी बडरको रुखमा चढेर अरिङ्गाल झार्न थालेपछि अरिङ्गालको गोलो नै उनीमाथि खनिएर टोक्न थालेपछि रुखबाट तल झरेका थिए । तल भुईँमा झरेपछि पनि अरिङ्गालले नछोड्दा पुरै गोलो खनिएर उनको मृत्यु भयो ।

मृतक बर्देवाको शवलाई र पोस्टमार्टम लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया