उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो, म कार्यालय गएर नक्सा र डोजर सँगै लिएर गएँ: मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बानेश्वरस्थित अल्फाबिटा भवन भत्काएपछि नक्सा पास भएजसरी नै भवन बनाउनका लागि अनुरोध गरेका छन् ।

मेयर बालेनले घरबेटीले आफूसँग नक्सा मागेकोले कार्यालय गएर ल्याएर भवनको अनधिकृत भाग भत्काएको बताए ।

अवैधानिक तवरले निर्माण गरिएका संरचना हटाउने क्रममा मेयर बालेनले बिहीबार दिउँसो बानेश्वरस्थित अल्फाबिटा भवनको नक्सा माग गरेका थिए । त्यसपछि घरधनीसँग बालेनले नक्सा मागेपछि घरबेटीले नक्सा आफूसँग नभएको बताउँदै उल्टै महानगरसँग छ होला भन्ने किसिमको अभिव्यक्तिदिएपछि मेयर बालेनले कार्यालय गई नक्सा लिएर उक्त भवनको अनधिकृत भागमा डोजर लगाएको बताएका छन् ।

उक्त भवनमा डोजर लगाएपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै घरधनीले आप्mनै नक्सा मलाई मागेपछि कार्यालय गएर ल्याएर उक्त अनिधृकत भाग भत्काएको बताए ।

बालेनले अगाडि लेखे,

उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो ।

मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।

मैले के बिराए ।

अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

May be an image of 8 people and people standing

प्रतिक्रिया