प्रचण्डप्रति आक्रामक बालेन, श्रीमान प्रचण्डज्यु ! यस्तो मान्छेको घरमा कुन नैतिकताले अङ्गरक्षक जस्तै बस्दै हुनुहुन्छ ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरबेटीको अंगरक्षक भन्दै रोष व्यक्त गरेका छन् ।

उपत्यकाको फोहोर व्यवस्थानलाई प्रमुख मुद्दा बनाएर अगाडि बढीरहेका मेयर बालेनले उपत्यकाको फोहोर विर्सजन गर्न जाने सडकको दूर्दशाको भिडियो राख्दै उक्त सडक खण्ड निर्माणको ठेक्का पाएको निर्माण कम्पनीप्रति प्रचण्डमार्फत रोष प्रकट गरेका हुन् ।

मेयर बालेनले उक्त सडकखण्डको निर्माण ठेक्का पाएका व्यक्तिलाइ प्रचण्डको संरक्षण रहेको सांकेतिक भनाइ राखेका हुन् ।

मेयर बालेनले लेखेका छन्, श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

 

प्रतिक्रिया