नागरिकता विधेयकको विरोध गर्दै कीर्तिपुर क्षेत्रमा राँके जुलुस


काठमाडाैं – राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले प्रतिनिधिसभाबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा काठमाडौंको कीर्तिपुर क्षेत्रमा मंगलबार राँके जुलुस प्रदर्शन गरेको छ ।

मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले बिरोध जनाएका हुन् । नागरिकता विधेयकको बुँदाहरु बिबादास्पद,अनुचित र राष्ट्रहित बिपरित भएको उनीहरुको भनाइ छ।

नागरिकता संवेदनशील बिषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको बिषय भएको भन्दै विद्यार्थी संगठनले संसदबाट पास गरिएको नागरिकता विधेयकको बिरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।

प्रतिक्रिया