हलेसीकाे तुवाचुङमा वर्षासँगै चलेको हावाहुरीले लाखौँको क्षति


खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा वर्षासँगै चलेको हावाहुरीले लाखौँको क्षति पुर्‍याएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ ।

हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्‍याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताए ।

प्रतिक्रिया