
आचार्यलाई थप जिम्मेवारी, आयरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा आचार्यलाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 



कागजपत्र |
