पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु


धनकुटा – पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

धनकुटा-६ स्थित पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिज्म फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा–५ का १५ वर्षिय स्वर्णिम राई र धनकुटा–२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर घाइते भएका उनीहरुको धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा–५ का सन्देश राई भने सकुशल रहेका छन् ।

प्रतिक्रिया