खुमलटारमा स्पेश नपाएकी प्रचण्डकी जेठी बुहारी त्रिपाठी कुन खेमामा सक्रिय छिन्?


काठमाडौं– निजी निवास खुमलटारमा स्पेश नपाएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी पार्टीको जिल्लास्तरीय राजनीतिमा सक्रिय छिन्।

एकीकरणपछि उनलाई कास्की जिल्ला कमिटीमा राखिएको थियो। पार्टी विभाजनको मोडमा पुगेपछि दुई कित्ता बनेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व र प्रचण्ड नेतृत्वमा। सृजना त्रिपाठी कुन कित्तामा उभिएकी छन्?

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड र माधव नेपाल समूहले कास्कीमा गरेको विरोध सभामा त्रिपाठीको उपस्थिति रहेको थियो। उनी ओलीविरुद्ध प्रचण्ड–नेपाल खेमामा नै सक्रिय रहेको पाइएको छ।

प्रचण्डपुत्र स्व. प्रकाश दाहालले बिना मगरसँग बिहे गरेपछि त्रिपाठीले घर छाडेकी थिइन्। उनी पोखरामा नै सक्रिय राजनीतिमा रहेको बताइएको थियो। घरेलु विवादका कारण उनी नेकपा विभाजनमा कुन खेमामा सक्रिय रहने हुन् भन्ने चासो थियो। तर, उनले ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि त्यसको विरुद्धको समूहमा सक्रियता हुँदै प्रदर्शन र सडकमा पुगेकी हुन्।

सामाजिक सञ्जालदेखि अनेक फोरममा उनले ओलीको कडा आलोचना गर्दै आएकी छन्।

प्रतिक्रिया