ओली समूहले ‘विभाजन भएको’ भन्दै पठायो अन्तरपार्टी निर्देशन, प्रचण्ड प्रमुख कारण (पूर्ण पाठसहित)


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा खेमाको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले तल्ला तहसम्मका कमिटीमा पार्टी विभाजन भइसकेको मर्मसहितको अन्तरपार्टी निर्देशन (अपानी) सर्कुलर गरेको छ।

२८ कात्तिकमा बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमर्यादित हिसाबले राखेको १९ बुँदे प्रस्ताव नै पार्टी विभाजनको मुख्य कारण भएको उल्लेख गरिएको छ। त्यसलाई सर्कुलर गरिएको अपानिमा आरोपपत्र भनिएको छ।

असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषयवस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको उक्त ‘प्रस्ताव’ को वितरणसँगै पार्टी गम्भीर सङ्कटमा धकेलिन पुगेको उल्लेख गरिएको छ।

यस्तै, प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,  नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनसाय नै अहिलेको परिस्थिति मुख्य रूपमा जिम्मेवार रहेको अपानिमा भनिएको छ।

प्रतिनिधि सभा विघटनसँगै मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको भन्दै ओली समूहले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरूले यसबाट अनुचित लाभ उठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको ठहर गरेको छ।

प्रतिक्रिया