


रसुवामा विद्युत् आपूर्ति बन्द

विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ ।
६६ केभी लाइनको मर्मत गर्न मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ । त्रिशूली फिडर नम्बर ४ बाट बिहान धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएकोमा ११ केभी प्रसारण लाइनको तार चुँडिएपछि अहिले उक्त क्षेत्रमा पनि समस्या आएको हो ।
अहिले ११ केभी प्रसारण लाइनको मर्मत हुँदै गरेको र केही समयपछि धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा भने विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।

