१० जनाको शव काठमाडौँ ल्याउने तयारी, एक जनाको शव खोँचबाट झिकिँदै, एक जनाको शव अझै भेटिएन


काठमाडाैँ- मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयसको जहाजमा परेर निधन भएकाहरुको शवको उद्धार कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कोवाङमा १० वटा शव दुर्घटनास्थलबाट पुर्‍याइएको छ। हिजो १० वटा शव काठमाडौं ल्याइसकिएको छ।

बाँकी १० वटा शव काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए।

आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।बाँकी २ वटा शवमध्ये एउटा भेट्न बाँकी भएको र अर्को एउटाको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा शव ल्याइएको थियो। ती शवहरु पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया