काठमाडाैंमा १९ हजार १६६ मतान्तरले बालेनकाे अग्रता

३३ हजार ८७६ मत गणना बाँकी


काठमाडाैं – काठमाडाैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ५१ हजार पाँच सय ९६ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाएकी छिन् । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि छिन् । यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत प्राप्त गरेका छन् ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गणना सकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गणना बाँकी छ ।

प्रतिक्रिया