काठमाडौं-२६ मा नेपाली कांग्रेस उम्मेदवार तिवारीको प्यानल विजयी


काठमाडौं – काठमाडौ महानगरपालिका वडा नं २६ मा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारीको प्यानल विजयी भएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आज सम्पन्न मतपरिणाममा काँग्रेसका उम्मेदवार तिवारीको समूह नै विजयी भएको हो । अध्यक्ष तिवारीसहित सदस्य प्रवेश श्रेष्ठ र बाबुकाजी महर्जन, महिला सदस्य शान्ता महर्जन प्रजापति र दलित महिला सदस्य रुपा नेपाली विजयी भए ।

काठमाडौं महानगरपालिका वडा नं २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपी लगायतका क्षेत्रहरु पर्दछन् । तिवारी यसअघि पनि सोही वडाको अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया