उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने


काठमाडौं – ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् ।

यस्तै, तिब्र गतीमा सवारी साधन चलाउने ७२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया