

काठमाडौंमा १७,४२४ मतले बालेनकाे अग्रता, स्थापितसँग मतान्तर बढाउँदै सिर्जना

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
१ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।
नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।

