

नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

लहान – सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याएको निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ मतसहित निर्वाचित हुँदा कांग्रेसका शोभाकुमारी यादवले दुई हजार ३८५ मत प्राप्त गरे । यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका सत्यनारायण यादव दुई हजार १५८ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा जसपाका गीतादेवी सिंह दुई हजार २७२ मत ल्याएर विजयी हुदाँ उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रकला कुमारी यादवले एक हजार ९६९ मत ल्याए ।

