भाेजपुरको पाैवादुङ्मा ५ मा एमालेकाे ‘क्लीन स्वीप’


भाेजपुर – भाेजपुरको पाैवादुङ्मा गाउँपालिका वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘क्लीन स्वीप’ गरेको छ। वडाकाे अध्यक्षमा बोम प्रसाद राईसहित एमालेका सबै उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका राईले ४०० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेम राज राईले ३३१ मत प्राप्त गरे।

त्यस्तै  सदस्यमा एमाले कै उम्मेदवारहरु टेक बहादुर राई र दुर्गा बहादुर खड्का विजयी भएका छन् । यसैगरी महिला सदस्य लक्ष्मी तामाङ्ग के.सी. र दलित महिला सदस्य मेलिना नेपालीले जित हासिल गरे ।

प्रतिक्रिया