

स्याङ्जाको बिरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

स्याङ्जा – स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार भगवती शर्मा विजयी भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए ।
विजयी भएका कुँवरले चार हजार ८७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे ।

