काठमाडौंमा ११,९६९ मतसहित बालेनकाे अग्रता कायमै


काठमाडौं – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। पछिल्लो मतगणना अनुसार उनले ११ हजार ९ सय ६९ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। उनले ६ हजार ५ सय ६१ मत ल्याएका छन्।

त्यस्तै गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७ सय ६३ मत पाएकी छन्। अहिलेसम्म महानगरको ३१ हजार ४ सय ६७ मत गणना भइसकेको छ।

प्रतिक्रिया