पोखरामा १५ सय मतान्तरसहित गठबन्धनका धनराज अगाडि


कास्की – पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मंगलवार साँझसम्मको मतगणनामा नेकपा (एस)का उम्मेदवार आचार्यले १० हजार १५७ मतसहित अग्रता कायम गरेका हुन् । नेकपा एमालेका कृष्ण थापाले ८ हजार ६०० मत प्राप्त गरेका छन् । दुई बीचको मतान्तर १ हजार ५५७ छ ।

उपमेयरमा ११ हजार २५४ भोटसहित नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । एमालेकी मञ्जु गुरुङले १० हजार ६९९ मतसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् ।

प्रतिक्रिया