चितवनकाे माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी महताे विजयी


चितवन – चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो र उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो विजयी भएकी छिन् ।

मेयर पदमा एमालेकी उम्मेदवार महतोले नाै हजार ९ सय एक मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार ७ सय २९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले ६ हजार आठ सय ३० र उनका प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेलले पाँच हजार एक सय ४० मत प्राप्त गरे ।

नगरपालिकाकाे नौ वटा वडामध्ये चार वटामा माओवादी केन्द्र, दुई वटामा राप्रपा, दुई वटामा एकीकृत नेकपा समाजवादी र एउटामा कांग्रेसले वडाध्यक्ष पद जितेको छ ।

प्रतिक्रिया