
भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच झिनो मतान्तर
चितवन – भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच झिनो मतान्तर छ ।
१५ हजार ९३३ मत गनिसक्दा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३१३ मतसहित अग्रता लिएकी छन् । एमालेका विजय सुवेदीले भने ५ हजार ३१० मत पाएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४०२ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ४ हजार २९८ मत पाएकी छन् ।



कागजपत्र |
