लुम्बिनी भ्रमणपछि स्वदेश फर्किए मोदी 


काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमण गरी आजै स्वदेश फर्किएका छन् ।२५६६औं बुद्धजयन्तीका अवसरमा सोमबार लुम्बिनी आइपुगेका मोदी आफ्नो भ्रमण सकाएर साँझ भारत फर्किएका हुन्।

सोमबार बिहान भारतीय वायुसेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेका मोदीले विभिन्न कार्यक्रममा ६ घण्टा बिताए । भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी आएका उनी भ्रमण सकाएर उतै फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीहरूले मोदीलाई बिदाई गरे ।

प्रतिक्रिया