

हालसम्म १३० स्थानको मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

काठमाडौं – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म १३० स्थानको मत परिणाम सार्वजनिक भएकाे छ । जसबाट १३ हजारभन्दा बढी उम्मेदवार निवाचित भएको निर्वाचन आयोगले जनाएको छ।
सोमबार दिउँसो ३ः३० बजेसम्ममा १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले बताए। त्यसैगरी वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्वाचित भएको उनले उल्लेख गरे।

