
पूर्वडीआईजी खरेलले गरे ‘मौनअवधि’को उल्लंघन, दुई महानगरका उपमेयरलाई मागे भोट !
काठमाडौं – निर्वाचन आयोगले पर्सी अर्थात् वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मौन अवधिको घोषणा गरिसकेको छ ।
आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका साथै सञ्चारमाध्यम लगायतलाई प्रचार प्रसारको प्रतिबन्ध लगाए पनि मौन अवधिको उल्लंघनका घटनाहरु देखिइरहेको छ । नेपालमा सुशासन कायम गर्ने प्रबिद्धतासहित ‘नेपाल सुशासन पार्टी’ संस्थापन गरेका पूर्वडिआईजी रमेश खरेलले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
पूर्वडिआईजी खरेलले मौनअवधि सुरु भइसकेपछि बिहान ६ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पार्टीका तर्फबाट काठमाडौं र ललितपुर महानगरपालिकामा उपमेयरका उम्मेदवार रहेका उम्मेदवारलाई भोट मागेका छन् ।
मौन अवधिमा प्रचार प्रसारका लागि रोक लगाएको निर्वाचन आयोगको निर्देशनविपरित खरेलको उक्त पोष्ट आएको छ ।



कागजपत्र |
