काठमाडाैं उपत्यकामा चुनाव नसकिएसम्म मदिरा निषेध


काठमाडाैं – उपत्यकामा तीन वटै जिल्ला प्रशासन कार्यालयले यही पालिका चुनावलाई ध्यान दिँदै मदिरा निषेध गरेका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका हुन् ।

जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि जाँड–रक्सी बिक्री वितरण र खानलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । जाँडरक्सी बिक्री गरेको, खाएकाे पाइए कारबाही गरिने जनाइएको छ ।

चुनावको समयमा समयमा जाँड–रक्सी खानेक्रम बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएकाे छ । यस्तै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज राति १२ बजेदेखि चुनाव सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री वितरण र सेवन गर्न नदिन भन्दै परिपत्र गरेको छ ।

प्रतिक्रिया